कम्प्युटरमा काम गर्दा आँखाको थकान कसरी हटाउने ?



लकडाउनका कारण अहिले आम मानिसहरूले अरू समय भन्दा बढी समय कम्प्युटर, ल्यापटप, मोबाइल, टेलिभिजनमा बिताउन थालेका छन् । कार्यालय, स्कुलहरू नखुलेको कारण घर बाटै काम र पढ्ने काम भइरहेको छ । यस्तै घरबाट बाहिर निस्कन नमिल्ने अवस्था रहेको कारण समय बिताउन पनि अधिकांशले यस्ता इलेकट्रोनिक साधनहरुनै बढी प्रयोग गरिरहेका छन् ।

लगातार इलेकट्रोनिक उपकरणलाई हेर्दा आँखामा थकान देखिनु अहिले सामान्य जस्तै हुदैं गएको छ । तर आँखा रोगका विशेषज्ञहरूले निरन्तर यस्ता ग्याजेटको प्रयोग गर्नाले निकट भविष्यमा आँखा सम्बन्धी विभिन्न किसिमका समस्याहरू आउने चेतावनी पनि दिएका छन् ।

आँखालाई खतरा हुन्छ भनेर काम छोड्न पनि नमिल्ने अवस्था भएको कारण यस्ता उपकरणलाई घन्टौँ प्रयोग गर्ने प्रयोगकर्ताले केही समय आँखालाई विश्राम दिएर विभिन्न कार्यहरू गर्नाले आँखालाई धेरै भार नपर्ने बताउँछन् । यसरी आँखाको थकानलाई कम गर्न केही घरेलु उपायहरू पनि रहेका छन् जसको मद्दतले लामो समय यस्ता किसिमका ग्याजेटमा काम गर्ने व्यक्तिहरूले प्रयोग गर्दा आँखालाई धेरै नै फाइदा हुने देखिन्छ ।

चिसो पानीले आँखा धुने

लामो समय कम्प्युटर वा मोबाइलको स्क्रिनमा हेर्दा आँखा दुख्ने र पोल्ने समस्या हुन्छ । यस्तो काम लगातार गरेर यदि तपाईँको आँखा पोल्ने र दुख्ने गरेको छ भने चिसो पानीको प्रयोग गर्न सक्नुहुन्छ । लगातार काम गरिरहनु भएको छ भने केही समय कामलाई विश्राम दिएर फ्रिजमा राखेको वा सफा चिसो पानीलाई आँखामा छ्याप्ने गर्नुहोस् । यो कार्यले तपाईँको आँखा दुख्ने र पोल्ने समस्यालाई धेरै राहत दिन्छ । यसरी चिसो पानी आँखामा छ्याप्दा तपाईँलाई भएको मानसिक तनाव पनि केही कम हुन्छ ।

तुलसी र पुदिनाको पात

तपाई कम्प्युटर वा मोबाइलमा लामो समय काम गरिरहनु भएको छ भने अघिल्लो दिन तुलसी र पुदिनाको पातलाई सफा पानीमा भिजाएर राख्नु होस् । भोलि पल्ट कम्प्युटरमा लामो समय काम गरेपछिको विश्रामको समयमा उक्त पानीमा सफा कटनको कपडालाई भिजाउनु होस् । यसरी भिजाएको कपडाले आँखालाई छोपेर केही समय बस्नुहोस् । बेला बेलामा यो काम गर्नाले तपाईँको आँखा पोल्ने र आँखामा हुने थकानको समस्यालाई धेरै नै राहत दिन्छ ।

गुलाब जल

                       कम्प्युटर वा ल्यापटपमा घन्टौँ काम गर्दा तपाईँको आँखा पोल्ने वा थकान हुने समस्या छ भने गुलाब जलले पनि यस्ता किसिमका समस्याहरूलाई समाधान गर्छ । एक कचौरा सफा चिसो पानीमा थोरै गुलाब जल मिलाउनु होस् । उक्त घोललाई सफा कपडा वा कपासमा भिजाएर आँखामा ५ मिनेट राख्नुहोस् । यसरी घन्टौँ ग्याजेटमा बसेर काम गर्नुहुन्छ भने कामको विश्राममा तपाईँले यो कार्यलाई नियमित गर्नाले आँखामा हुने समस्यालाई धेरै कम गर्न सकिन्छ ।साभार लाेकपथ  

Comments

Popular posts from this blog

उपयाेगि ठाउँहरू