कति काईदा होः स्टाटस अपडेट गरे १० पैसा, साथी बनाए ५ रुपैयाँ पाईने मेरोपोष्ट डटकमको आवरण यस्तो छ । सामाजिक सञ्जाल फेसबुक र ट्विटरको अत्यधिक प्रयोगपछि, विश्वमा थुप्रै सामाजिक सञ्जालले प्रयोगकर्ता तान्ने होड नै चलिरहेको छ । अन्य देशका सामाजिक सञ्जाल चलाउँदै रमाईरहेका नेपालीहरुका लागि नेपालमै पनि थुप्रै सामाजिक सञ्जा ल विस्तार हुने क्रम बढ्दो छ । पछिल्लो समय नेपाली सामाजिक सञ्जाल प्रयोग गर्नेहरु पनि उत्तिकै बढेका छन् । फेसबुक र ट्विटर चलाईरहेका प्रयोगकर्तालाई आफूतर्फ आकर्षित गर्न नेपाली सामाजिक सञ्जाल मेरोपोष्ट डटकम ले स्टाटस पोष्ट गरेमा र नयाँ साथि बनाएमा पैसा पाउने अफर ल्याएको छ । मेरोपोष्टमा साईन ईन गरिसकेपछि, यहाँ स्टाटस अपडेट गर्न सकिन्छ । सन् २०११ मा कान्तिपुर ईन्जिनियरिङ्ग कलेजमा बिई अध्ययन गर्दै गर्दा सुनिल चौलागाईंले निर्माण गरेको मेरोपोष्ट डटकम यहि पैसा पाउने अफरका कारण अहिले चर्चित बन्दै गएको छ । यी क्रियाकलाप तपाईंले गर्नुभएमा मेरोपोष्टले पैसा दिन्छ । मेरोपोष्ट डटकम को आधिकारिक वेबसाईट ( यहाँ क्लिक गर्नुहोस् ) का अनुसार कुनै ...