लकडाउनका कारण अहिले आम मानिसहरूले अरू समय भन्दा बढी समय कम्प्युटर, ल्यापटप, मोबाइल, टेलिभिजनमा बिताउन थालेका छन् । कार्यालय, स्कुलहरू नखुलेको कारण घर बाटै काम र पढ्ने काम भइरहेको छ । यस्तै घरबाट बाहिर निस्कन नमिल्ने अवस्था रहेको कारण समय बिताउन पनि अधिकांशले यस्ता इलेकट्रोनिक साधनहरुनै बढी प्रयोग गरिरहेका छन् । लगातार इलेकट्रोनिक उपकरणलाई हेर्दा आँखामा थकान देखिनु अहिले सामान्य जस्तै हुदैं गएको छ । तर आँखा रोगका विशेषज्ञहरूले निरन्तर यस्ता ग्याजेटको प्रयोग गर्नाले निकट भविष्यमा आँखा सम्बन्धी विभिन्न किसिमका समस्याहरू आउने चेतावनी पनि दिएका छन् । आँखालाई खतरा हुन्छ भनेर काम छोड्न पनि नमिल्ने अवस्था भएको कारण यस्ता उपकरणलाई घन्टौँ प्रयोग गर्ने प्रयोगकर्ताले केही समय आँखालाई विश्राम दिएर विभिन्न कार्यहरू गर्नाले आँखालाई धेरै भार नपर्ने बताउँछन् । यसरी आँखाको थकानलाई कम गर्न केही घरेलु उपायहरू पनि रहेका छन् जसको मद्दतले लामो समय यस्ता किसिमका ग्याजेटमा काम गर्ने व्यक्तिहरूले प्रयोग गर्दा आँखालाई धेरै नै फाइदा हुने देखिन्छ । चिसो पानीले आँखा धुने लामो समय कम्प्युटर वा मोबाइलको स्क्रिनमा हेर...